काठमाडौं- नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि काठमाडौं उपत्यका भित्र शुक्रवारदेखि मतदान सुरु भएको छ। १३ सदस्यीय कार्यसमितिका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा छन्।
चुनावको पहिलो दिन ३ सय २६ जनाले मतदान गरेका छन्। शुक्रबार भएको मतदानमा अध्यक्षका दुई उम्मेदवार डा लोचन कार्की र डा पुष्पमणि खरालले एकैपटक मतदान गरेका छन्।
उपत्यकाबाहिर भने यसअघि नै मतदान भइसकेको छ। उपत्यकाबाहिर २८ सय ५० मत खसेको छ। उपत्यकाभित्र करिब ७ हजार मतदाता रहेका छन्।
चुनावी मैदानमा रहेका चिकित्सकले विभिन्न एजेण्डा उठाए पनि मतदाताको भने फरक–फरक अपेक्षा रहेको देखिन्थो।
भोट हाल्ने मतदाताले संघलाई कुनै पनि राजनीतिक रंगमा नमिसिन आग्रह गरेका छन्। सबै चिकित्सक एक भएर अघि बढ्न आवश्यक रहेकोमा उनीहरुको जोड छ।
युवा चिकित्सक भने संघलाई युवा नेतृत्वले नै हाक्नुपर्ने बताउँछन्। चिकित्सकको समस्या र हक हितका लागि नयाँ अनुहार र युवा नेतृत्वको आवश्यकता रहेको उनीहरुको भनाई छ।
बिरामीको सेवा नै आफ्नो पहिलो प्राथमिकता भएको चिकित्सक बताउँछन्। त्यसैले चिकित्सकीय पेशालाई अझ मर्यादित बनाई हक हितको रक्षा गर्न संघ अघि बढ्नुपर्ने मतदातको भनाई छ।
बिरामीको उपचारमा दिनरात खटिने अधिकांश चिकित्सक शुक्रवार नेपाल चिकित्सक संघको कार्यालयमा भेटिए। नयाँ नेतृत्व चयनका लागि चिकित्सकहरु आफ्नो अमूल्य भोट दिन संघको कार्यालयमा भेला भएका हुन्। कार्यालयमा पुग्दा उम्मेदवारहरु मतदातासंग भोट माग्न व्यस्त देखिन्थे भने मतदान गरेर आएका चिकित्सकमा नयाँ आशा देखिन्थ्यो।
संघको नयाँ नेतृत्व चयनका लागि काठमाडौं उपत्यकामा शुक्रवारदेखि निर्वाचन सुरु भएको छ । तर चिकित्सकहरु यस पटक फरक तरिकाले काम गर्ने नेतृत्वको खोजीमा छन्।
उपत्यका भित्र २१ गते मंगलबारसम्म मतदान चल्नेछ। उपत्यका भित्र करीब ७ हजार मतदाता छन्।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
सबै तस्बिर र भिडियो : सौरभ रानाभाट