काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको पदमा सहसचिवमा इन्द्रमणि पोखरेललाई पठाउने निर्णय गरेको छ।
सरकारले पोखरेलसहित ६० जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासन तर्फका २ सचिवको दरवन्दी रहेको छ।
गत महिना सहसचिव शिवराम न्यौपानेको सरुवा भएपछि एउटा पद रिक्त थियो।