काठमाडौं- उपत्यकाभित्र नेपाल चिकित्सक संघको मतदान जारी छ। मतदानको चौंथो दिन ७ सय ५९ मतखसेको छ। यो सहित तीन दिनमा उपत्यकाभित्र २७ सय २० मत खसेको छ।
उपत्यकामा मतदान मंगलबारसम्म चल्ने छ। उपत्यकाभित्र करिब ७ हजार मतदाता रहेका छन्।
पहिलो दिन शुक्रबार ३ सय २६ मत खसेको थियो। शनिवार ८ सय २८ मत र सोमबार ८सय ७ मत खसेको केन्द्रिय निर्वाचन अधिकृत मिलनचन्द्र खनालले जानकारी दिए।
मतदान संघको केन्द्रिय कार्यालयमा बिहान ११ देखि सुरुभएको थियो। मतदानका लागि ४ बजेसम्मको समय तोकिएको भए पनि मतदान हाल्नका लागि लाइनमा बस्नेको संख्या धेरै भएपछि मतदान ५ बजेसम्म चलेको थियो।
यसअघि उपत्यकाबाहिर १६ स्थानमा मतदान भइसकेको छ। उपत्यका बाहिर २८ सय ५० मत खसेको छ।
नयाँ कार्यसमितिका लागि डा लोचन कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समुह र डा पुष्पमणि खरालले नेतृत्व गरेको समावेशी पेशागत समुह मुख्य प्रतिस्पर्धामा छन्।