फाइल तस्बिर
नोबेल कोरोना भाइरस अहिले विश्वभरि नै चासो र चिन्ताको विषय बनेको छ। चीनमा यो भाइरसको संक्रमणबाट कति मानिस प्रभावित भए? नेपालमा कोरोना भाइरसको जोखिम कति छ?, रोकथामका लागि के हुँदैछ? भन्ने जस्ता प्रश्न अहिले आममानिसका मनमा उब्जिरहेका छन्। यसबाट बच्न सरकारले केही तयारी गरे पनि सर्वसाधारण भने ढुक्क हुन सकिरहेका छैनन्।
कोरोना भाइरसको संक्रमण चीन, भारत, रसिया सहित २० भन्दा बढी राष्ट्रमा देखिएको छ। नेपालमा पनि यसको संक्रमण पुष्टि भइसकेको छ। चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ। अन्तर्राष्ट्रिय जगतमा सबैको चासोको विषय भएकाले पनि हुन सक्छ, नेपालीहरु पनि यसप्रति चनाखो देखिन्छन्। धेरथौरै भए पनि सर्वसाधारणलाई कोरोना भाइरसबारे जानकारी छ।
कोरोना संक्रमणका विषयमा सर्वसाधरण के भन्छन् हेरौँ भिडियोमा