काठमाडौं- नेपाल चिकित्सक संघको निर्वाचन मतगणना आजबाट सुरु हुने भएको छ। संघको केन्द्रिय कार्यालयमा बिहान ८ बजेदेखि मतगणना सुरु हुने बताइएको छ।
काठमाडौं उपत्यका र उपत्यकाबाहिर गरी दुई चारणमा भएको निर्वाचनमा ६ हजार १ सय ५२ मत खसेको छ। जसमध्ये उपत्यकामा पाँच दिनसम्म भएको मतदानामा ३ हजार ३ सय २ र उपत्यकाबाहिर २ हजार ८ सय ५० मत खसेको थियो।
नयाँ कार्यसमितिका लागि डा लोचन कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समुह र डा पुष्पमणि खरालले नेतृत्व गरेको समावेशी पेशागत समुह मुख्य प्रतिस्पर्धामा छन्। वरिष्ठ उपाध्यक्षका लागि रक्षा श्रेष्ठ र शिव प्रसाद श्रेष्ठ प्रतिस्पर्धामा छन्।
उपाध्यक्षमा अनिलविक्रम कार्की र रञ्जितकुमार झा मैदानमा छन्। कार्की लोकतान्त्रिक र झा पेशागत समूहका हुन्।
महासचिवको लागि हुने मतदान यसपटक रोचक हुने देखिन्छ। महासचिवमा चार जना चिकित्सक प्रतिस्पर्धामा छन्। अजय कुमार मिश्र, बद्री रिजाल, दीपेन्द्र पाण्डे र मधुर बस्नेतले महासचिवका लागि प्रतिस्पर्धामा छन्। मिश्र र पाण्डे स्वतन्त्र उम्मेदवार हुन् भने रिजाल लोकतान्त्रिक र बस्नेत समावेशी पेशागत समूहका हुन्।
कोषाध्यक्षमा डा प्रकाश बुढाथोकी र सञ्जित कुमार साह मैदानमा छन्। बुढाथोकी लोकतान्त्रिक र साह समावेशी पेशागत समूहका हुन्।
यस्तै सहसचिवमा लोकतान्त्रिक समूहबाट निरजकुमार सिंह र समावेशी समूहबाट सैलेन्द्र झा चुनावी मैदानमा छन्।
सहकोषाध्यक्षमा विश्वाराज दवाडी र उदयनारायण सिंह मैदानमा छन्। दवाडी लोकातान्त्रक र सिंह समावेशी समूहका हुन्।
सदस्यहरुमा लोकतान्त्रिक समूहबाट क्रमश: विक्रान्त ढकाल, विपेश आचार्य, नन्दकुमारी गुरुङ, प्रमोद जोशी, रितेश थापा र सञ्जिव तिवारी रहेका छन्।
समावेशी समूहबाट सदस्यहरुमा क्रमश: दिपकप्रसाद कोइराला, जगदिशचन्द्र विष्ट, लिजन महर्जन, राकेश कुमार साह, सुमान काफ्ले र त्रिभुवन चन्द्र झा रहेका छन्।
यस्तै सदस्य पदमा अमित चतुर्वेदी र प्रवीणकुमार गिरी पनि चुनावी मैदानमा छन्।