काठमाडौं- नेपाल चिकित्सक संघको निर्वाचनको मतगणना सुरू हुन अझै समय लाग्ने बताइएकाे छ। संघको केन्द्रिय कार्यालयमा बिहान ८ बजेदेखि मतगणना सुरु हुने भनिए पनि अझै आधा घण्टा लाग्ने बताइकाे छ। मतगणनाका लागि अहिले मतपेटिका खोल्ने कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ।
संंघकाे नयाँ कार्यसमिति चयनका लागि उपत्यका बाहिर माघ ४ र ५ उपत्यका भित्र १७ देखि २१ गतेसम्म दुई चरणमा निर्वाचन भएको थियो।
निर्वाचनमा काठमाडौं उपत्यका र बाहिर गरी ६ हजार १ सय ५२ मत खसेको छ।
जसमध्ये उपत्यकामा मतदानमा ३ हजार ३ सय २ र उपत्यकाबाहिर २ हजार ८ सय ५० मत खसेको थियो।
नयाँ कार्यसमितिका लागि डा लोचन कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समुह र डा पुष्पमणि खरालले नेतृत्व गरेको समावेशी पेशागत समुह मुख्य प्रतिस्पर्धामा छन्। वरिष्ठ उपाध्यक्षका लागि रक्षा श्रेष्ठ र शिव प्रसाद श्रेष्ठ प्रतिस्पर्धामा छन्।
उपाध्यक्षमा अनिलविक्रम कार्की र रञ्जितकुमार झा मैदानमा छन्। कार्की लोकतान्त्रिक र झा पेशागत समूहका हुन्।
महासचिवको लागि हुने मतदान यसपटक रोचक हुने देखिन्छ। महासचिवमा चार जना चिकित्सक प्रतिस्पर्धामा छन्। अजय कुमार मिश्र, बद्री रिजाल, दीपेन्द्र पाण्डे र मधुर बस्नेतले महासचिवका लागि प्रतिस्पर्धामा छन्। मिश्र र पाण्डे स्वतन्त्र उम्मेदवार हुन् भने रिजाल लोकतान्त्रिक र बस्नेत समावेशी पेशागत समूहका हुन्।
कोषाध्यक्षमा डा प्रकाश बुढाथोकी र सञ्जित कुमार साह मैदानमा छन्। बुढाथोकी लोकतान्त्रिक र साह समावेशी पेशागत समूहका हुन्।
यस्तै सहसचिवमा लोकतान्त्रिक समूहबाट निरजकुमार सिंह र समावेशी समूहबाट सैलेन्द्र झा चुनावी मैदानमा छन्।
सहकोषाध्यक्षमा विश्वाराज दवाडी र उदयनारायण सिंह मैदानमा छन्। दवाडी लोकातान्त्रक र सिंह समावेशी समूहका हुन्।
सदस्यहरुमा लोकतान्त्रिक समूहबाट क्रमशः विक्रान्त ढकाल, विपेश आचार्य, नन्दकुमारी गुरुङ, प्रमोद जोशी, रितेश थापा र सञ्जिव तिवारी रहेका छन्।
समावेशी समूहबाट सदस्यहरुमा क्रमशः दिपकप्रसाद कोइराला, जगदिशचन्द्र विष्ट, लिजन महर्जन, राकेश कुमार साह, सुमान काफ्ले र त्रिभुवन चन्द्र झा रहेका छन्।
यस्तै सदस्य पदमा अमित चतुर्वेदी र प्रवीणकुमार गिरी पनि चुनावी मैदानमा छन्।