काठमाडौं- नेपाल चिकित्सक संघको निर्वाचन मतगणना स्थतगित भएको छ। चार स्थानको मतपेटिक खोलेर गणना गर्न लागेको समयमा विवाद उत्पन्न भएपछि मतगणना स्थगित भएको हो।
काठमाडौं मतदाता रहेका चिकित्सकको नामावली र हस्ताक्षरका विषयमा विवाद निस्किएपछि निर्वाचन समितिले मतगणना स्थगित गरेको हो।
यसअघि मतगणना बिहान ८ बजे सुरु गर्ने भनिए पनि विवाद भएपछि हुन सकेको थिएन। १० घन्टापछि सहमति भएपछि निर्वाचन समितिले मतगणना प्रक्रिया साँझ ७ बजे अगाडि बढाएको थियो।
सुर्खेत, लुम्बिनी, दाङ र जुम्लाको मतपेटिका निकाले गणना गर्ने समयमा फेरि विवाद आएपछि मतगणना स्थगित गर्नु परेको प्रमुख निर्वाचन अधिकृत डा बाबुराम मरासिनीले जानकारी दिए।
