काठमाडौं- नोबल कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएको चीन सरकारलाई नेपालले मास्क दिएर सहयोग गर्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपालले चीनलाई १ लाख संख्यामा ‘प्रोटेक्टिभ माक्स’ चीन सरकारलाई सहयोग उपलब्ध गराउने भएको छ।
भाइरस संक्रमित बढेपछि चीनमा मास्कको अभाव भएको छ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भाइरस संक्रमित चीनको वुहानबाट ल्याउने नेपालीलाई ४ ठाउँमा राख्न निर्देशन दिएका छन्।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री र मुख्य सचिव लगायतका अधिकारीसहितको विशेष बैठकमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।
चीनबाट ल्याइने नेपालीलाई भक्तपुरका शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा राखिने भएको छ।