काठमाडौं- चिकित्सक संघ निर्वाचनको मतगणनाका विष्यामा उत्पन्न भएको विवादका विषयमा निर्वाचन समितिले छलफल अगाडि बढाएको छ। निर्वाचन समितिले सर्वपक्षिय बैठक बोलाउँदै विवाद समाधान गर्न खोजेको हो।
समितिले सर्वपक्षिय बैठकमा विवाद समाधान गरेर अगाडि बढ्नेतयारी गरेको बताइएको छ। उक्त छलफलमा सबैसँग सहमति लिन प्रयास गरिने तर केहीले असहमति जनाए पनि समितिले बहुमतको निर्णयका आधारमा र निर्वाचन आचारसंहित तथा कानुन अनुसार शुक्रबार बिहान ११ बजेबाट मतगणना सुरु गर्ने तयारी गरेको छ।
बुधबार मतगणना सुरु हुन लागेपछि पेशागत समावेशी समूहका उम्मेदवारले फर्जी मत्रपत्रको विषय उठाएपछि विवाद उत्पन्न भएको थियो। बुधबार १० घन्टा विवादपछि साँझ मतदान सुरु हुन लागेको थियो। तर, पुनः पेशागत समावेशी समूहका महासचिवका उम्मेदवार डा मधुर बस्नेतले काठमाडौंमा मतदान गरेका चिकित्सकको नामावली र हस्ताक्षरको विषय उठाएपछि विवाद सुरु भएको हो।
विवाद बढ्दै गएपछि निर्वाचन समितिले राती सुचना निकाल्दै मतगणना स्थगित गरेको जानकारी गराएको थियो।