काठमाडौं - नेपाल चिकित्सक संघको जारी मतगणनामा २ सय मतको गणना हुँदा अधिकांस पदमा डा लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूहले अग्रता लिएको छ।
हालसम्मको मत परिणाम अनुसार सबैभन्दा बढी मत सदस्यकी उम्मेदवार डा नन्दाकुमारी गुरुङको आएको छ। २ सय मत गणना हुँदा उनको १३० मत आएको छ।
संघको कार्यसमितिमा ७ पदाधिकारी र ६ जना सदस्य रहने व्यवस्था छ। ६ जना सदस्यका लागि १४ जना प्रतिस्पर्धामा छन्।
जसमा लोकतान्त्रिक र समावेशी पेशागत समूहबाट एक एक गरी १२ जना र दुई जना स्वतन्त्र छन्।
२ सयसम्मको मतगणना अनुसार सदस्यमा तीन जना लोकतान्त्रिक, दुई समावेशी समूहका र एक स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्।
यी हुन् अग्रता लिएका ६ सदस्य
१. नन्दाकुमारी गुरुङ - १३०
२. लिजन महर्जन - १०१
३. रितेश थापा - १००
४. सुमन काफ्ले - ९४
५. अमित चतुर्वेदी - ८९
६. प्रमोद जोशी - ८०
यी ६ जनामध्ये गुरुङ थापा र जोशी लोकतान्त्रिक समूहका हुन् भने महर्जन र काफ्ले समावेशी पेशागत समूहका हुन्। चतुर्वेदी भने स्वतन्त्र उम्मेदवार हुन्।