काठमाडौं - नेपाल चिकित्सक संघको जारी मतगणनामा १५ सय १२मतको गणना हुँदा अधिकांश पदमा डा लोचन कार्की नेतृत्वको लोकतान्त्रिक समूहले अग्रता लिएको छ।
हालसम्मको मत परिणाम अनुसार सबैभन्दा बढी मत उपाध्यक्षका उम्मेदवार डा अनिलविक्रम कार्की आएको छ। उनको एक हजार ६ मत आएको छ भने उनको प्रतिस्पर्धी डा रञ्जितकुमार झाको ४ सय २ मत आएको छ। डा कार्की लोकतान्त्रिक समूका हुन्।
संघको कार्यसमितिमा ७ पदाधिकारी र ६ जना सदस्य रहने व्यवस्था छ। जसमा पदाधिकारीमा सबै पदमा लोकतान्त्रिक समूहले अग्रता लिइरहेको छ भने सदस्य पदमा भने एक जना समावेशी पेशागत समूहको अग्रता छ।
यसअघिसम्म समावेशी पेशागत समूहको सदस्यमा २ जनाले अग्रता लिएका थिए। तर समावेशी समूहका डा सुमन काफ्लेलाई पछाडि पार्दै लोकतान्त्रिक समूहका डा सञ्जिव तिवारीले अग्रता लिएका हुन्।
६ जना सदस्यका लागि १४ जना प्रतिस्पर्धामा छन्।
सदस्यमा सबैभन्दा बढी मत लोकतान्त्रिक समूहकी डा नन्दाकुमारी गुरुङको आएको छ। उनको ८४६ मत आएको छ। त्यसपछि डा रितेश थापाको ७८२ र डा विपेश आचार्यको ७२१ मत आएको छ। चौँथो स्थानमा समावेशी समूहका डा लिजन महर्जन छन्। उनको ७१५ मत आएको छ।
त्यसपछि भने लोकतान्त्रिक समूहका डा सञ्जिव तिवारीको ६७७ र डा प्रमोद जोशीको ६ सय ६८ मत आएको छ।
यसअघि ६ जनाभित्र परेका डा सुमन काफ्लेको भने ६५० मत आएको छ।
कसको कति मत ?
अध्यक्ष
डा लोचन कार्की – ९३३
डा पुष्पमणि खराल - ५६२
वरिष्ठ उपाध्यक्ष
डा रक्षा श्रेष्ठ- ५६२
डा शिवप्रसाद श्रेष्ठ – ८८१
उपाध्यक्ष
डा अनिलविक्रम कार्की – १०५६
डा रञ्जितकुमार झा – ४०२
महासचिव
डा बद्री रिजाल – ६०३
डा मधुर बस्नेत – ४६५
डा दीपेन्द्र पाण्डे – २८१
डा अजयकुमार मिश्र - १२९
कोषध्यक्ष
डा प्रकाश बुढाथोकी- ८३७
डा सञ्जितकुमार साह- ५९८
सहसचिव
डा निरजकुमार सिंह- ९१५
डा सैलेन्द्र झा- ४७५
सहकोषाध्यक्ष
डा विश्वाराज दवाडी- ९७१
डा उदयनारायण सिंह- ४७१
सदस्यहरु
१. अमित चतुर्वेदी- ३९६
२. डा. विक्रान्त ढकाल- ६२३
३. डा विपेश आचार्य- ७२१
४. डा दीपकप्रसाद कोइराला- ५६०
५. डा जगदिशचन्द्र विष्ट- ४३४
६. डा लिजन महर्जन- ७१५
७. डा नन्दाकुमारी गुरुङ- ८४६
८. डा प्रमोद जोशी- ६६८
९. डा प्रवीणकुमार गिरी- १५१
१०. डा राकेश कुमार साह - ४८८
११. डा रितेश थापा- ७८२
१२. डा सञ्जिव तिवारी- ६७७
१३. डा सुमान काफ्ले- ६५०
१४. डा त्रिभुवन चन्द्र झा – ४११