काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट चीनमा शुक्रवार मात्र ८६ जनाको मृत्यु भएको छ।
यो संगै कोरोनो भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय २२ पुगेको छ।
३४ हजार ५ सय ४६ जना संक्रमित भएका छन्। कोरोनाको संक्रमण २५ बढी राष्ट्रमा फैलिएको छ।
कोरोनाको संक्रमणबाट बचाउन चीन सरकारले आफ्ना नागरिकलाई यात्रा गर्नमा प्रतिबन्ध लगाएको छ।
साथै विभिन्न उडानहरुमा पनि प्रतिबन्ध लगाइएको छ।
कोरोना भाइरस बारे सुरुमा जानकारी दिने चिनियाँ डाक्टर ली वनलियाङको पनि संक्रमणका कारण मृत्यु भएको छ।