काठमाडौं- नेपाल चिकित्सक संघको निर्वाचनमा अहिले उपत्यका बाहिरको अन्तिम तीन स्थानको मतगणना भइरहेको छ।
अहिले विराटनगर, जनकपुर र वीरगंजको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ।
१६मध्ये लहान शाखाको विवाद रहेकाले त्यसबारे भने अझै कुनै निर्णय भएको छैन।
अहिलेसम्म उपत्यका बाहिरको शाखाहरु धनगढी, नेपालगञ्ज, जुम्ला, सुर्खेत, दाङ, बुटवल, पाल्पा, पोखरा, चितवन, राजविराज, धरान र झापाको २ हजार १ सय २७ मत गणना भइरहेको छ।
शनिबार बाहिरका शाखाको मतगणना सकिएपछि आइतबार बिहानबाट मात्र उपत्यकाको मतगणना हुने निर्वाचन समितिले जनाएको छ।
संंघको नयाँ कार्यसमिति चयनका लागि उपत्यका बाहिर माघ ४ र ५ र उपत्यकाभित्र १७ देखि २१ गतेसम्म दुई चरणमा निर्वाचन भएको थियो।
निर्वाचनमा काठमाडौं उपत्यका र बाहिर गरी ६ हजार १ सय ५२ मत खसेको छ।
जसमध्ये उपत्यकामा मतदानमा ३ हजार ३ सय २ र उपत्यकाबाहिर २ हजार ८ सय ५० मत खसेको थियो।
उपत्यका बाहिर २१२७ मतगणना हुँदा कसकाे मत कति
अध्यक्ष
डा लोचन कार्की – १४१४
डा पुष्पमणि खराल– ७८६
वरिष्ठ उपाध्यक्ष
डा रक्षा श्रेष्ठ– ८२९
डा शिवप्रसाद श्रेष्ठ – ११९१
उपाध्यक्ष
डा अनिलविक्रम कार्की – १४१९
डा रञ्जितकुमार झा – ६३०
महासचिव
डा बद्री रिजाल – ८०२
डा मधुर बस्नेत – ६२३
डा दीपेन्द्र पाण्डे – ३८९
डा अजयकुमार मिश्र– २५८
कोषध्यक्ष
डा प्रकाश बुढाथोकी– १११३
डा सञ्जितकुमार साह– ९०४
सहसचिव
डा निरजकुमार सिंह– १३३४
डा सैलेन्द्र झा– ६३७
सहकोषाध्यक्ष
डा विश्वाराज दवाडी– १२५८
डा उदयनारायण सिंह– ७७७
सदस्यहरु
१. अमित चतुर्वेदी– ५७०
२. डा विक्रान्त ढकाल– ८५६
३. डा विपेश आचार्य– १०२३
४. डा दीपकप्रसाद कोइराला– ७४२
५. डा जगदिशचन्द्र विष्ट– ५९९
६. डा लिजन महर्जन– ९३७
७. डा नन्दाकुमारी गुरुङ– ११४७
८. डा प्रमोद जोशी– ८८२
९. डा प्रवीणकुमार– गिरी २४५
१०. डा राकेश कुमार– साह ८१८
११. डा रितेश थापा– ११०५
१२. डा सञ्जिव तिवारी– ९५४
१३. डा सुमन काफ्ले – ८६०
१४. डा त्रिभुवन चन्द्र झा –६४९