कोरोना भाइरसको महामारीबाट प्रभावित चीनको वुहानबाट बेलायतले आइतबार अन्तिम पटक आफ्ना नागरिकको उद्धार गरेको छ।
बेलायतले यसअघि नै त्यस क्षेत्रबाट आफ्ना करिब १ सय ५ नागरिकको उद्धार गरिसकेको छ। बेलायती शाही सेनाको विमानमार्फत् कोरोना भाइरस संक्रमणको केन्द्र वुहानबाट २ सय बेलायती नागरिकको उद्दार गरिएको हो।
उद्धार गरेर ल्याइएका उनीहरुलाई बेलायती सहर मिल्टन किनेसमा रहेका सम्मेलन केन्द्र होटेलमा १४ दिन राखिने छ। उद्धार गरेर ल्याइएका नागरिकहरुले अनुहारमा मास्क र शरीर ढाक्ने गरि विशेष खालका पोसाक पहिरिएका थिए।
उद्धार गरिएकामध्ये ९५ जना युरोप क्षेत्रका नागरिक थिए ।
वुहानबाट एकपछि अर्को राष्ट्रले आफ्ना नागरिक लगिरहेको छ। तर, नेपालले भने अझै ल्याउन सकेको छैन।
वुहानमा रहेका नेपालीले हामीलाई कहिले लैजाने भन्दै सरकारसँग प्रश्न गरिरहेका छन्। तर सरकारले हरेक दिन तयारी भइरहेको भन्दै आलटाल मात्र गरिररहेको छ।



