काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी अस्पतालमा नियमित स्वास्थ्य जाँच भएको छ।
प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा दिव्या सिंह शाहको सुझाव अनुसार नै अस्पतालमा पुगेर नियमित स्वास्थ्य जाँच गरिएको हो।
अस्पतालका निर्देशक डा चक्रराज पाण्डेका अनुसार प्रधानमन्त्रीको बिहान नियमित स्वास्थ्य जाँच गरिएको हो। ‘कुनै समस्या भएर उहाँ आउनु भएको होइन्,’ डा पाण्डेले भने, ‘नियमित जाँचका लागि आउनु भएको थियो। स्वास्थ्य जाँचपछि उहाँ फर्किसक्नु भएको छ।’
डा पाण्डेका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या नरहेको जानकारी दिए।