काठमाडौं- नेपाल चिकित्सक संघको निर्वाचनको मतगणना अन्तिमतिर पुगेको छ। निर्वाचनमा ६ हजार १ सय ५२ मत खसेको थियो। जसमध्ये हालसम्म ४ हजार ७ सय ८५ मत गणना भइसकेको छ।
हालसम्मको ममतगणनाको नतिजा अनुसार अध्यक्षमा लोकतान्त्रिक समूहका डा लोचन कार्कीको जित लगभग सुनिश्चित भएको छ। डा कार्की उनका प्रतिस्पर्धी डा पुष्पमणि खरालभन्दा १६ सय ६३ मत बढी ल्याएर अगाडि छन्।
जबकी अब १३ सय ६७ मत मात्र गन्न बाँकी छ।
४ हजार ७ सय ८५ मत गणना हुँदा डा कार्कीले ३ हजार १ सय ९८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी डा खरालले १ हजार ५ सय ३५ मत ल्याएका छन्।
कसको कति मत ?
अध्यक्ष
१. डा. लोचन कार्की – ३१९८
२. डा. पुष्पमणि खराल १५३५
वरिष्ठ उपाध्यक्ष
डा. रक्षा श्रेष्ठ १७११
डा. शिवप्रसाद श्रेष्ठ – २८४५
उपाध्यक्ष
डा. अनिलविक्रम कार्की ३०८५
डा. रञ्जीतकुमार झा १५२४
महासचिव
डा. अजयकुमार मिश्र ६९८
डा. बद्री रिजाल १९०८
डा. दीपेन्द्र पाण्डे ९४३
डा. मधुर बस्नेत – ११०९
कोषाध्यक्ष
डा. प्रकाश बुढाथोकी २५४८
डा. सञ्जीतकुमार साह २००६
सहसचिव
डा. निरजकुमार सिंह ३००७
डा. शैलेन्द्र झा १४४८
सहकोषाध्यक्ष
डा. विश्वाराज दवाडी ३००३
डा. उदयनारायण सिंह १५७५
सदस्यहरु
१. डा. अमित चतुर्वेदी १२३७
२. डा. विक्रान्त ढकाल २०३७
३. डा. विपेश आचार्य २३०१
४. डा. दीपकप्रसाद कोइराला १४६४
५. डा. जगदीशचन्द्र विष्ट १०२२
६. डा. लिजन महर्जन २१६४
७. डा. नन्दकुमारी गुरुङ २५७५
८. डा. प्रमोद जोशी २११५
९. डा. प्रवीणकुमार गिरी ५९२
१०. डा. राकेश कुमार साह १८४५
११. डा. रितेश थापा २८५८
१२. डा. सञ्जीव तिवारी २३२९
१३. डा. सुमान काफ्ले १७०६
१४. डा. त्रिभुवन चन्द्र झा १४१२