काठमाडौं- नेपाल चिकित्सक संघको जारी मतगणनामा अझै १३ सय ६७ मत गन्न बाँकी नै छ। तर, उक्त मत गन्न बाँकी छँदै लोकतान्त्रिक समूहका दुई उम्मेदवारको जित सुनिश्चित भएको छ।
लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार डा लोचन कार्की र उपाध्यक्षका डा अनिलविक्रम कार्कीको जित सुनिश्चित भएको हो। दुवैजनाले आ–आफ्ना प्रतिस्पिर्धीलाई अब गन्न बाँकी रहेको मत भन्दा बढीको अन्तरमा मत ल्याइसकेका छन्।
निर्वाचनमा ६ हजार १ सय ५२ मत खसेको थियो। जसमध्ये हालसम्म ४ हजार ७ सय ८५ मत गणना भइसकेको छ।
जसमा अध्यक्षका उम्मेदवार डा कार्कीले ३ हजार १ सय ९८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी डा खरालले १ हजार ५ सय ३५ मत ल्याएका छन्। खराल समावेशी पेशागत समूहका उम्मेदवार हुन्। उनीहरुको मतान्तर १ हजार ६ सय ६३ रहेको छ।
यस्तै उपाध्यक्षका उम्मेदवार डा कार्कीको ३ हजार ८५ मत आएको छ। उनका प्रतिस्पर्धी डा रञ्जीतकुमार झाको १ हजार ५ सय २४ मत आएको छ। उनीहरुबीचको मतान्तर १ हजार ५ सय ६१ रहेको छ। झा पनि समावेशी पेशागत समूहका उम्मेदवार हुन्।
कसको कति मत?
अध्यक्ष
१. डा. लोचन कार्की – ३१९८
२. डा. पुष्पमणि खराल १५३५
वरिष्ठ उपाध्यक्ष
डा. रक्षा श्रेष्ठ १७११
डा. शिवप्रसाद श्रेष्ठ – २८४५
उपाध्यक्ष
डा. अनिलविक्रम कार्की ३०८५
डा. रञ्जीतकुमार झा १५२४
महासचिव
डा. अजयकुमार मिश्र ६९८
डा. बद्री रिजाल १९०८
डा. दीपेन्द्र पाण्डे ९४३
डा. मधुर बस्नेत – ११०९
कोषाध्यक्ष
डा. प्रकाश बुढाथोकी २५४८
डा. सञ्जीतकुमार साह २००६
सहसचिव
डा. निरजकुमार सिंह ३००७
डा. शैलेन्द्र झा १४४८
सहकोषाध्यक्ष
डा. विश्वाराज दवाडी ३००३
डा. उदयनारायण सिंह १५७५
सदस्यहरु
१. डा. अमित चतुर्वेदी १२३७
२. डा. विक्रान्त ढकाल २०३७
३. डा. विपेश आचार्य २३०१
४. डा. दीपकप्रसाद कोइराला १४६४
५. डा. जगदीशचन्द्र विष्ट १०२२
६. डा. लिजन महर्जन २१६४
७. डा. नन्दकुमारी गुरुङ २५७५
८. डा. प्रमोद जोशी २११५
९. डा. प्रवीणकुमार गिरी ५९२
१०. डा. राकेश कुमार साह १८४५
११. डा. रितेश थापा २८५८
१२. डा. सञ्जीव तिवारी २३२९
१३. डा. सुमान काफ्ले १७०६
१४. डा. त्रिभुवन चन्द्र झा १४१२