काठमाडौं - नेपाल चिकित्सक संघको हालै सम्पन्न निर्वाचनको मत परिणाममा सबैभन्दा बढी मत अध्यक्षमा विजयी भएका डा लोचन कार्कीको आएको छ।
निर्वाचनमा कुल ६ हजार १ सय ५७ मत खसेको थियो। जसमा डा कार्कीको ४ हजार १ सय ११ मत आएको छ। डा कार्कीले आफ्ना प्रतिस्पर्धीभन्दा २ हजार १ सय ३२ बढी मत ल्याएका छन्।
मतगणना जारी रहँदा उपत्यकाबाहिरको गणना हुँदासम्म उपाध्यक्षमा विजयी भएका डा अनिलविक्रम कार्कीले सबैभन्दा बढी मत ल्याएका थिए। तर, उपत्यकाको गणना अगाडि बढ्दै जाँदा डा कार्कीले मत बढ्दै गएको हो।
अध्यक्षमा विजयी डा कार्कीपछि सबैभन्दा धेरै मत उपाध्यक्षमा विजयी भएका डा अनिल कार्कीको मत आएको छ। उनको ३ हजार ९ सय ४५ मत आएको छ।
त्यसपछि सबैभन्दा धेरै मत ल्याउनेमा सहकोषाध्यक्षमा विजयी डा विश्वराज दवाडी रहेका छन्। उनको ३ हजार ९ सय ३५ मत आएको छ।
यस्तै, सहसचिवमा विजयी डा निरजकुमार सिंहको ३ हजार ७ सय ९० मत आएको छ।
सदस्यमा सबैभन्दा धेरै मत ल्याएर डा रितेश थापा विजयी भएका छन्। उनको ३ हजार ७ सय १७ मत आएको छ। त्यसपछि डा नन्दाकुमारी गुरुङको ३ हजार ३ सय १६ मत आएको छ।
यस्तो छ अन्तिम मतपरिणाम
अध्यक्ष
डा लोचन कार्की – ४१११
डा पुष्पमणि खराल– १९७९
वरिष्ठ उपाध्यक्ष
डा रक्षा श्रेष्ठ– २२६२
डा शिवप्रसाद श्रेष्ठ – ३५९५
उपाध्यक्ष
डा अनिलविक्रम कार्की – ३९४५
डा रञ्जितकुमार झा – १९५४
महासचिव
डा बद्री रिजाल – २४३१
डा मधुर बस्नेत – १३७८
डा दीपेन्द्र पाण्डे – १३०१
डा अजयकुमार मिश्र– ८६९
कोषाध्यक्ष
डा प्रकाश बुढाथोकी– ३२७८
डा सञ्जितकुमार साह– २५७९
सहसचिव
डा निरजकुमार सिंह– ३७९०
डा सैलेन्द्र झा– १८९४
सहकोषाध्यक्ष
डा विश्वाराज दवाडी– ३९३५
डा उदयनारायण सिंह– १९४२
सदस्यहरु
१. अमित चतुर्वेदी– १५७४
२. डा विक्रान्त ढकाल– २५८६
३. डा विपेश आचार्य– २८८०
४. डा दीपकप्रसाद कोइराला– १८६८
५. डा जगदिशचन्द्र विष्ट– १२४९
६. डा लिजन महर्जन– २८७२
७. डा नन्दाकुमारी गुरुङ– ३३१६
८. डा प्रमोद जोशी– २७९६
९. डा प्रवीणकुमार गिरी– ७४७
१०. डा राकेश कुमार साह – २३१३
११. डा रितेश थापा– ३७१७
१२. डा सञ्जिव तिवारी– ३००४
१३. डा सुमन काफ्ले – २२२६
१४. डा त्रिभुवन चन्द्र झा – १८१३