काठमाडौं- सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा ज्ञवालीलाई सदस्य सचिव पदमा नियुक्त गरेको हो।
डा ज्ञवाली त्रिवि महाराजगञ्ज मेडिकल क्याम्पसका सह प्राध्यापक हुन्। उनी यसअघि परिषदमा कार्यकारी सदस्य भइसकेका थिए।
परिषद्को सदस्यसचिव पद करीब १ बर्षदेखि रिक्त थियो।