काठमाडौं- सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सिनेटमा रिक्त रहेका चार जना सदस्य नियुक्त गरेको छ।
सरकारले न्याम्स सिनेटमा अस्पतालका तर्फबाट कान्ति बाल अस्पतालका निर्देशक डा आरपी बिच्छा र परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा जागेश्वर गौतमलाई नियुक्त गरेको हो।
यस्तै अन्य दुई सदस्यमा भक्तिमान सुब्बा र पेम्बा लामा नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जानकारी दिएको छ।
सिनेटलाई न्याम्सको सर्वोच्च निकायका रुपमा लिइन्छ।
मनोनित भएका सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ।
न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले न्याम्सको कार्यकारी परिषद सदस्यमा डा सन्तोष पौडेल पनि नियुक्त गरेका छन्।