काठमाडौं- चीनस्थित नेपाली राजदुतावासले नेपाल ल्याउन लागिएका नेपाली नागरिकलाई ६ बुँदे शर्तनामा फारम भर्न लगाएको छ। दुतावासले क्वारेन्टाइनमा रहँदा र नेपाल लैजाने क्रममा नागरिकले पालना गर्नुपर्ने विषय लेखिएको ६ बुँदे शर्तनामा भर्न लगाएको हो।
दुतावासका एक कर्मचारीका अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा उक्त शर्तनामा भर्न लगाइएको हो।
यस्तो छ शर्तनामा
हुबेइ प्रन्तबाट स्वदेश फिर्ता जाने नेपाली नागरीकले पालना गर्नु पर्ने बुँदाहरु
१. इभ्याक्युसन पश्चात तपाईंहरुलाई नेपाल सरकारले तयार गरेको सुरक्षित क्वारेन्टाइन एरियमा १४ देखि १७ दिन वा सो चन्दा बढी राखिनेछ।
२. क्वारेन्टाइनमा राख्दा खाना, पानी, शौचालय, स्वास्थ्य उपचार, इन्फेक्सन रोकथाम र नियन्त्रणको सबै व्यवस्थापन गरिनेछ।
३. क्वारेन्टाइनमा रहँदा आफ्न्तहरुसँग भेटघाट गर्न दिइने छैन।
४. क्वारेन्टाइनमा लगभग ६० कोठाहरुमा उचित दुरीको फरकमा सामुहिक बसोबासको साथै लगभग ६ जनाले १ शौचालय प्रयोग गर्ने गरी व्यवस्था गरिएको छ।
५. करेन्टाइनमा रहँदा तपाईंहरुको सहजता र आरामलाई सकेसम्म व्यवस्थित र हेण्ड हाईजिन, रेस्पिरेटरी हाइजिनलाई बढी असरदार बनाउने प्रयत्न गरिएको छ।
६. करेन्टाइनमा रहँदा तपाईंहरुलाई त्यहाँ दिइएको रहेक नियम (रुम रुल्स, रेस्ट रुम रुल्स, फुड रुल्सहरु पालना गर्नुपर्ने छ।
हुबेइ प्रान्तबाट स्वदेश फिर्ता जाने नेपाली नागरिकहरुले गर्ने शर्तनामा
म नेपाली नागरीक हुँ । चीनको हुबेइ प्रन्तबाट स्वेदश फिर्ता जाने नेपाली नागरिकहरुले पालाना गर्नुपर्ने माथि उल्लिखित सबै बुँदाहरु मैले पढेको छु । म उक्त सबै बुँदाहरु पूर्ण रुपमा पालना गर्न सहमत छु, पालना नगरेमा कानुन बमोजिन सहुँला,बुझाउँला ।
नाम
हस्ताक्षर
राहदानी नं
मिती