काठमाडौं- सरकारले ११ औं तहका तीन जना डाक्टरको स्पष्टिकरण माग गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले तीन जना डाक्टरहरुको स्पष्टिकरण माग्ने निर्णय गरेको जानकारी दिए।
मन्त्रिपरिषद्ले बिदा स्विकृत नगराई आफ्नो कार्यालयमा अनुपस्थित रहेको भन्दै प्रमुख कन्सलटेन्ट सर्जन डा ढुण्डीराज पौडेल, प्रमुख कन्सलटेन्ट अर्थोपेडिक सर्जन डा राजेन्द्र सञ्जेल क्षेत्री र प्रमुख कन्सलटेन्ट फिजिसियन डा विष्णुप्रसाद पौडेललाई स्वास्थ्य सेवा ऐन र नियमावली अनुसार स्वास्थ्य मन्त्रालयका सचिव मार्फत स्पष्टिकरण माग गर्ने निर्णय गरेको हो।
डा पौडेलले सरकारी सेवाबाट राजीनामा दिएका थिए। तर उनको राजीनामा भने स्विकृत भएको थिएन।