काठमाडौं- सरकारले कोरोना भाइरसको संक्रमण फैलिएको चीनको वुहानमा रहेका नेपालीलाई नेपाल ल्याउने भएको छ। यसका लागि सरकारले आवश्यक तयारी पूरा गरेको छ।
नेपालीलाई ल्याउनका लागि नेपाल एयरलाइन्सको विमान जाने भएको छ।
वुहानबाट ल्याउने क्रममा उनीहरुको स्वास्थ्यको ख्याल गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष तयारी गरेको छ। कोरोनाको संक्रमण अन्यत्र फैलन नदिन र वुहानबाट आएकाहरुको उपचारको ख्याल गर्दै सरकारले उनीहरुलाई छुट्टै स्थानमा राख्ने भएको छ।
स्वाथ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार वुहानबाट नेपाल आउने नागरिकका लागि ध्यान दिनुपर्ने ५३ बुँदे विषय सार्वजनिक गरेको छ।
वुहानदेखि काठमाडौंसम्मको हवाइ यात्राका क्रममा, विमानस्थलमा, विमानस्थलदेखि क्वारेन्टाइनसम्म जाने क्रममा, हेल्थ डेस्कमा, क्वारेन्टाइनमा रहँदा के के कुरामा ध्यान दिने भन्ने विषय बुँदागत रुपमा सार्वजनिक गरिएको छ।
हेरौं ५३ बुँदे ध्यान दिनुपर्ने विषय
चीनको वुहानबाट क्वारेन्टाईनका लागि नेपाल आउने नेपालीहरुले ध्यान दिनुपर्ने बिषयहरु
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईहरु सबैलाई नेपालमा स्वागत गर्दछ। कोरोना भाईरसका कारण उत्पन्न यस असहज परिस्थितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सम्पूर्ण नेपाली जनता तपाईहरुको साथमा रहेको अवगत गराउँदछौ।तपाईहरुलाई स्वस्थ र सुरक्षित रुपमा नेपाल लैजानका लागि बिषेश तालिम प्राप्त जहाजदलका सदस्य तथा स्वास्थ्य टोलि चीनको वुहान आएको छ।
यहाँबाट तपाईलाई नेपाल सरकारले तयार गरेको सुरक्षित क्वारेन्टाईन स्थल खरिपाटीमा लगेर १४ देखि १७ दिन वा आवश्यकता अनुसार सो भन्दा बढी दिन राखिने छ। तपाँईहरुको यात्रा, स्वास्थ्य परीक्षण तथा क्वारेन्टाईनको बसाईलाई सकेसम्म सहज, ब्यवस्थित तथा स्वस्थ बनाउँनका लागि Hand Hygiene, Respiratory Hygiene जस्ता सुबिधालाई प्रभावकारीताका साथ ब्यबस्थित गरिएको छ।
यस पर्चामा उल्लेख गरिएका सबै बुँदाहरुको तपाईहरुले पूर्ण पालना गर्नु पर्नेछ।
तपाईहरुको ब्यक्तिगत कागजात तथा सामानहरुको उचित ब्यवस्थापन गरिएको छ। तपाईहरुको ब्यक्तिगत कागजात तथा सामानहरुमा एउटा बिषेश कोड नं. अंकित गरी गोपनियता कायम गरिएकोछ।
चीनको वुहान देखि काठमाण्डौ सम्मको उडानका अवधिमा ध्यान दिनुपर्ने बिषयहरु
जहाजमा रहदा चालकदलका सदस्य तथा स्वास्थ्यकर्मिले दिएको निर्देशन, सल्लाह, सुझाबको पूर्णरुपमा पालना गर्नुहोस।
जहाजमा तोकिएको सिटमा बस्नुहोस।
तपाँई तथा अन्य यात्रुहरुको स्वास्थ्य सूरक्षाका कारण जहाजको सम्पूर्ण उडान अवधिभर आफ्नो मोबाईल फोन पूर्णरुपमा स्विच अफ गर्नु पर्नैछ। "Aeroplane Mode" मा राख्ने मात्र होईन। स्वास्थ्य प्रयोजनका अलवा कुनै पनि बिध्युतिय सामाग्रीहरु प्रयोग गर्न पाईने छैन।
काठमान्डौ बिमानस्थल नपुगे सम्मका लागि आवश्यक खाना तथा पानीको ब्यवस्था तपाईको सिटमा नै गरिएको छ। आवश्यकता अनुसार सुरक्षित किसिमले उपभोग गर्नुहोस।
सम्पूर्ण उडान अवधिभर मास्क लगाई राख्नुहोस।
यदि तपाईलाईज्वरो आउने, खोकि लाग्ने, श्वास-प्रश्वासमा अप्ठ्यारो हुने जस्ता लक्षणहरु भएमा जहाजदलका सद्स्य वा स्वास्थ्य टोलिका सदस्यलाई जानकारी गराउनुहोसर उहाँले दिएको सुझाबलाई पालना गर्नुहोस। आवश्यकता अनुसार तपाईलाईविमानकोतोकिएकोसिटमासार्न सकिनेछ।
सामान्य यात्रुले सर्जिकल मास्क लगाउनु होस। यदि शंकास्पद लक्षण देखा परेको छ भने उक्त यात्रु र निजको सम्पर्कमा आएका ब्यक्तिहरूले एन्९५ मास्क प्रयोग गर्नुपर्नेछ l
शौचालय जानु पर्दा आफ्नो सिटबाट उठ्नु भन्दा पहिला शौचालयमा अन्य कोहि ब्यक्ति छैन भन्ने यकिन गर्नुहोस। शंकास्पद बिरामी यात्रुहरुको लागि छुट्टै शौचालय व्यवस्था गरिएको छlयदि कुनै शंकास्पद लक्षण देखिएको भएमा तोकिएको शौचालय मात्र प्रयोग गर्नुहोस।
आफ्नो स्वमुल्याङ्कंन फारम जहाजबाट झर्नु भन्दा आधा घण्टा अघि मात्र भर्नुहोस।
आवस्यकताअनुसारजहाजदलका सदस्य तथा स्वास्थ्य टोलिका सदस्यले तपाईहरुको नियमितरुपमा अनुगमन तथा निरीक्षणगर्नेछनl
काठमाण्डौ बिमानस्थालमा जहाजबाट उत्रनु भन्दा पहिला दिसा तथा पिसाब गरेर निस्कनुहोस।
अन्य यात्रुहरूसँगकुराकानी गर्दा होशियारीअपनाउनुहोस।
अर्को यात्रुको सम्पर्कमा आएपछि सावुनपानीलेराम्रोसँगहातधुनु होसवा ह्याण्ड स्यानीटाइजर प्रयोग गर्नुहोस।
दुषित तथा फोहोर भएका स्थानहरु मापदण्ड अनुसार तत्कालै सुरक्षित रुपमा सफा गरिनेछ।
काठमाण्डौ बिमानस्थलमा जहाजबाट बाहिर जाँदा आफ्नो बोर्डिङ पास र भरिएको स्वमुल्याङ्कन फारम सँगै लिएर जानुहोस र स्क्रिनिङ डेस्कमा रहेको स्वास्थ्यकर्मिलाई बुझाउनुहोस।
काठमाण्डौ बिमानस्थलमा अवतरण पश्चात ध्यान दिनुपर्ने बिषयहरु
जहाजबाट उत्रनु अगाडि धैर्यता र संयमता अपनाउनुहोस।
संक्रमित भएको शंका लागेका यात्रुहरूलाई जहाजको पछाडिको ढोकाबाट बाहिर ल्याईनेछ भने संक्रमित नभएका यात्रुहरूलाई जहाजको अघिल्लो ढोकाबाट बाहिर ल्याईनेछ।
जहाजबाट उत्रदा क्रमश करिब एकआपसमा १मिटरको दुरि कायम गर्नुहोस।
जहाजबाट झरिसकेपछि स्क्रिनिङ्ग गर्नेठाउँमा एक-एक गरी जानुहोस।
आँफुसँग भएको फोहर मैलाको झोला स्क्रिनिङ डेस्कमा रहेको बायोहजार्ड ब्यागमा लगेर राख्नुहोस।
जहाज दलका सदस्य तथा स्वास्थ्यकर्मिले दिएको निर्देशन तथा सुझाबलाई पालना गर्नुहोस।
हेल्थ स्क्रिनिङ डेस्क
काठमाण्डौ बिमानस्थलमा पाँचवटा हेल्थ स्क्रिनिङ डेस्क रहेका छन ।
प्रत्येक स्क्रिनिङ्ग टिममा तालिम प्राप्त मेडिकलअफिसर, नर्स/ प्यारामेडिक्सगरी २ जनाको समूह छन् l सबै स्क्रिनिङ्ग गर्ने सदस्यहरुले व्यक्तिगत सुरक्षा साधन (PPE)पहिरिएका हुनेछन।
आफुले भरेको स्वघोषणा फारम लगेर स्क्रिनिङ्ग गर्ने स्थानमा तोकिएका कर्मचारीलाई बुझाउनुहोस।
स्क्रिीनिङ्गको लागि इन्फ्रारेड थर्मामिटर (व्यक्तिलाई छुन नपर्ने थर्मोमिटर) को सहयोगमा शारीरिक तापक्रम मापन गरिनेछ lहेल्थ डेस्कमा एक जना कर्मचारीले ज्वरो नाप्ने र अर्को कर्मचारीले अन्य विवरणको अभिलेखिकरण गर्ने छन्। ती कर्मचारीहरुको निर्देशन तथा सुझाब मान्नुहोस र उहाहरुलाई सहयोग गर्नुहोस।
संक्रामक रोगको आशंका गरिएका व्यक्तिहरुलाई तयारी अवस्थामा राखिएको एम्बुलेन्समा राखेर शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पताल मध्ये कुनै एक अस्पतालको आइसोलेसन वार्डमा उपचारको लागि लगिनेछ।
संक्रमण नभएका यात्रुहरुलाई तोकिएको बसमा राखेर क्वारेन्टाइनस्थान खरिपाटीमा लगिनेछ।
आँफुसँग भएको फोहर मैलाको झोला स्क्रिनिङ डेस्कमा रहेको बायोहजार्ड ब्यागमा लगेर राख्नुहोस।
तपाईहरुको सम्पूर्ण लगेजहरु सुरक्षित रुपमा बसमा राखेर क्वारेन्टाईन केन्द्रमा लगिनेछ। तपाईहरुले आफ्नो लगेज क्वारेन्टाईन केन्द्रमा पाउनुहुनेछ।
बिमानस्थल देखि क्वारेन्टाईन स्थल खरिपाटी सम्मको यात्रामा ध्यान दिनुपर्ने बिषयहरु
तपाईहरुलाई बिमानस्थलबाट क्वारेन्टाईन केन्द्र खरिपाटी लैजान पाँच ओटा वातानुकुलित बसको व्यवस्था मिलाईएको छ।
पालै पालो गरेर तोकिएको बसमा गएर बस्नुहोस।
तपाईका सबै सामानहरु सुरक्षित रुपमा बसमा राखिनेछ।
क्वारेन्टाईन स्थलमा पुग्नुपूर्व बीचबाटोमा बस कहि पनि रोकिने छैन।
बीचबाटोमा कोही पनि बसबाटओर्लन पाईनेछैन।
क्वारेन्टाईन केन्द्र, खरिपाटीमा बसोबास गर्दा ध्यान दिनुपर्ने बिषयहरु
भक्तपुर, खरीपाटीमा क्वारेन्टाईन केन्द्रको ब्यवस्था गरिएको छ।
क्वारेन्टाईनमा लगभग ६० कोठाहरुमा उचित दुरिको फरकमा एक जना देखि तीन जना सम्मको सामूहिक बसोबासको ब्यवस्था गरिएको छ। लगभग ६ जनाले एक शौचालय प्रयोग गर्ने गरी ब्यवस्था गरिएकोछ।
क्वारेन्टाईनमा रहदा तपाईको सुबिधाको लागि खाना, पानी, शौचालय, स्वास्थ्य उपचार, Infection Prevention and Control को सबै ब्यवस्थापन गरिएकोछ ।
स्वास्थ्य टोलि आवश्यकता अनुसार चौबिसै घण्टा सेवामा रहेनछन।
विशेष स्वास्थ्य जाँचको लागि क्लिनिकको व्यवस्था गरिनेछ।
व्यक्ति स्वंयमले स्व-जाँच गर्न मिल्ने थर्मोमिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुइपटक तापक्रम जाँचगरी तोकिएको ढाँचामा अभिलेख राख्नु पर्नेछ। हरेक व्यक्तिको ज्वरो नाप्न छुट्टाछुट्टै थर्मामिटर उपलब्धछन।
हरेक व्यक्तिका लागि छुट्टछुट्टै मास्क, हेण्डस्यानीटाइजर आदि उपलब्ध छन।
अन्य जाँच गर्ने सरसामाग्री जस्तै, इन्फ्रारेड थर्मोमिटर, स्व–जाँच गर्ने थर्मोमिटर, व्यक्तिगत सुरक्षाकवच, ज्वरोको अभिलेख राख्ने खाता, कुनै कुराआवश्यक परेमा माग गर्नको लागि र रोगको लक्षण देखिएमा तत्कालै जानकारी दिन र सम्पर्क गर्नको लागि ईमरजेन्सि फोन नम्बरआदिको उचित व्यवस्था गरिएकोछ।आवश्यकता अनुसार प्रयोग गर्नुहोस्।
आवस्यकता अनुसार मानसिक स्वास्थ्य जाँच गर्ने तथा अन्य मनोसामाजिक परामर्शदिने व्यवस्था गरिएको छ। आफुलाई त्यस्तो कुनै समस्या भएमा तुरुन्तै स्वास्थ्य कर्मचारीलाई खबर गर्नुहोस्।
आवश्यकता अनुसार मेडिकल वा अन्य सरसामाग्री सहज रुपमा उपलब्ध गराईनेछन।
तपाईले नियमीत सेवन गरिरहेको औषधीहरू सकिएमा स्वास्थ्य कर्मचारीलाई समयमा नै जानकारी गराउनुहोस, तुरुन्तै उपलब्ध गराईनेछ।
तपाईहरु सबैको प्रारम्भीक Throat Swab जाँच क्वारेन्टाईनमा पुगेको २४ घण्टा भित्र र अर्को जाँच १४ दिनमा गरिनेछ।
क्वारेन्टाईन रहेका व्यक्तिहरूमा शंकास्पद लक्षण देखिएमा थप परीक्षण तथा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा शसस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गरिनेछ।
क्वारेन्टाईनमा रहदा तपाईहरुले अभिभावकहरुसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाउनुहुने छैन।
तपाँईहरुले त्यहाँ दिईएको हरेक नियम (Room rules, rest room rules, food rules, timing rules) हरुको पूर्णरुपमा पालना गर्नुपर्नेछ।