काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा थप पाँच जना सदस्य मनोनित भएका छन्। न्याम्सको शुक्रबार बसेको सिनेट बैठकले रिक्त रहेको सिनेट सदस्यमा पाँच जनालाई मनोनित गर्ने निर्णय गरेको हो।
सिनेट बैठकले उपकुलपतिहरुमध्येबाट त्रिभुवन विश्व विद्यालय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई सदस्यमा मनोनित गरेको छ।
यस्तै डा कृष्णप्रसाद अधिकारीलाई स्वास्थ्य क्षेत्रका वैज्ञानिकहरुमध्येबाट र शिक्षकहरुमध्येबाट डा विधाननिधी पौडेल र बसन्ती थापालाई मनोनित गर्ने निर्णय गरेको छ।