काठमाडौं- डा सतिशकुमार देवले राष्ट्रिय स्वास्थ्य बिमा बोर्ड सदस्यबाट राजिनामा दिएका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसमक्ष इमेलमार्फत राजिनामा पठाएको उनले बताए।
आफ्नो स्वास्थ्य र व्यक्तिगत कारण देखाई उनले पदबाट राजिनामा दिएको पत्रमा उल्लेख गरेका छन्।सरकारले उनलाई २०७५ मसिर २० गते स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियुक्त गरेको थियो।
बिमा बोर्डको अनौपचारिक बैठकमा स्वास्थ्य सचिव खगराज बरालसँग विवाद भएको भन्दै उनले चिकित्सक संघमा निवेदन दिएका थिए।
उनले गत बिहीबार स्वास्थ्य मन्त्रालयमा बसेकाे बैठकमा सचिव बरालले आफूमाथि व्यक्तिगत गालिगलोज गरेको र चिकित्सकहरूमाथि नै दुर्व्यवहार हुने गरी प्रस्तुत भएको भन्दै निवेदन दिएका थिए।
