काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनको निरीक्षण गरेका छन्।
चीनबाट फर्केका नेपालीको स्वास्थ्य अवस्था बुझ्न मंगलबार मन्त्री ढकाल खरिपाटी क्वारेन्टाइन पुगेका हुन्।
मन्त्री ढकाल सहित सचिव खगराज बराल, दीपेन्द्ररमण सिंह, मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ, सहप्रवक्ता सागर दाहाल लगायतको टोलीले क्वारेन्टाइनको निरीक्षण गरेका थिए।
निरीक्षणको क्रममा मन्त्री ढकालले प्रमुख जिल्ला अधिकारी सहित सुरक्षाकर्मीसँग त्यहाँको व्यवस्थापनको बारेमा जानकारी लिएको मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताए।
दाहालका अनुसार सोही क्रममा कन्ट्रोल रुमबाट सम्बोधन गर्दै मन्त्री ढकालले उद्धार गरिएका नेपाली विद्यार्थीप्रति सरकार सचेत र जिम्मेवार रहेको बताउँदै सरकारले उनीहरुको स्वास्थ्यको ख्याल राख्ने बताए।
साथै मन्त्री ढकालले क्वारेन्टाइनमा केही समस्या परेमा व्यवस्थापनमा जुटेको टोलीलाई तुरुन्तै खबर गर्न विद्यार्थीलाई आग्रह समेत गरेका थिए।