काठमाडौं– कोरोना भाइसर (कोभिड–१)सँग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा उपचाररत बिरामीमा कोरोना भाइरस नभएको पुष्टि भएको छ।
बिरामीको थ्रोट स्वाब (घाँटीको र्याल)को नुमना परीक्षण गर्दा भाइरस नभएको पुष्टी भएको अस्पतालका प्रमुख कन्सल्टेन्ट ट्रपिकल मेडिसिन डा अनुप बाँस्तोलाले जानकारी दिए।
सोमबार कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको भन्दै उनी सरुवा रोग अस्पतालमा पुगेका थिए। ज्वरो आएको भन्दै अस्पताल पुगेका उनलाई अस्पतालको आइसोलेसन वार्डमा राखिको थियो।
कोरोनाको भाइसर पुष्टि नभएपछि उनलाई मंगलबारनै अस्पतालले डिस्चार्ज गरिदिएको छ।
अहिलेसम्म कोरोनाको आशंकामा ३४ जनाले उपचार गराएका छन्। जसमध्ये एक जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।