काठमाडौं- बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश विकास स्वयंसेवकको रुपमा कार्य गर्न स्टाफ नर्स सहित ५९ जना स्वास्थ्यकर्मीको माग गरेको छ।
बागमती प्रदेशले अस्पताल, सामाजिक संस्था तथा स्वास्थ्य कार्यलयमा काम गर्ने गरी स्वास्थ्यकर्मी माग गरेको हो।
मन्त्रालयले स्टाफ नर्स १२, अनमी १४,अहेब १३ फार्मेसी सहायक ९, ल्याब असिस्टेन्ट ११ गरी ५९ जना स्वास्थ्यकर्मी माग गरेको छ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आजका मितिबाट १५ दिनभित्र आवेदन दिन सक्ने छन्।
