काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खरिपाटी क्वारेन्टाइनमा रहेका १७५ जना नै स्वस्थ रहेका छन्। चीनको वुहानबाट उद्धार गरी ल्याइएका सबैको प्रयोगशाला परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नरहेको पाइएको छ।
क्वारेन्टाइनमा रहेका सबैको थ्रोट स्वाब (घाँटीको र्याकल) परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण नभेटिएको हो। उनीहरु नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो।