काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालयको जिम्मेवारी सम्हालेको तीन महिना पछि मन्त्रालय अन्र्तगतका महाशाखा, स्वास्थ्य सेवा विभाग र संघ अन्र्तगतका अस्पतालका प्रमुखको जिम्मेवारी हेरफेर गरेका छन्।
हेरmेरका क्रममा डा बासुदेव पाण्डेलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकोे जिम्मेजारी दिइएको छ।
डा पाण्डे ट्रपिकल तथा सरुवा रोग अस्पतालको जिम्मेवारीमा थिए।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा विवेक लाललाई राष्ट्रिय क्षयरोग केन्द्रमा सरुवा गरिएको छ ।
राष्ट्रिय क्षयरोग केन्द्रका डा सागर राजभण्डारी ट्रपिकल तथा सरुवा रोग अस्पतालको जिम्मेवारी दिइएको छ।