काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका विभाग, महाशाखा तथा शाखामा व्यापक हेरफेर गरेको छ। मन्त्रालयले महानिर्देशकदेखि महाशाखा निर्देशकसम्म परिवर्तन गरेको छ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सार्क क्षयरोग केन्द्रका निर्देशक डा रमेश खरेललाई राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा सरुवा गरेका छन्। एड्समा रहेका डा अनुज भट्टचनलाई सार्क क्षयरोग केन्द्रमा
सरुवा गरिएको छ। घिमिरे किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा थिए। दाउदलाई उक्त केन्द्रमा पठाइएको छ।
यसैगरी, स्वास्थ्य तालिम केन्द्रका निर्देशक मोहम्मद दाउदलाई पनि सरुवा गरिएको छ। उनको स्थानमा डा यदुचन्द्र घिमिरेलाई ल्याइएको छ।
यसका साथै व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखामा चुडामणी भण्डारीलाई जिम्मेवारी दिइएको छ।
मन्त्रालयको जनसंख्या महाशाखाको जिम्मेवारी भने केही दिन अघि स्वास्थ्य मन्त्रालयमा सरुवा भएर आएका सहसचिव इन्द्रमणि पोखरेललाई दिइएको छ।