मुख्य समाचार

कोरियामा कोरोना : भिसा अवधि सकिन लागेका विदेशीलाई ५० दिन थप भिसा दिइने

सिओल- कोरिया सरकारले कोरोना भाइरस प्रभावका कारण भिसा अवधि सकिने चरणमा रहेका  विदेशीका लागि ५० दिन भिसा थप गर्ने भएको छ।

कोरियाको न्याय, श्रम र समुद्री मामिला तथा मत्स्य मन्त्रालयका प्रतिनिधिहरुको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको कोरियाली संचार माध्यमले जनाएका छन्।

भिसा अवधि सकिन लागेका ई-९ र ई-१० भिषाका प्रवासी श्रमिकहरुलाई सो सुविधा प्रदान गर्ने निर्णय भएको बताइएको छ।

कोरोना संक्रमणका कारण कोरिया आउने विदेशीको संख्यामा कमी आएका कारण जनशक्ति अभाव भएको भन्ने गुनासो आएपछि सो निर्णय गरिएको मन्त्रालयको भनाइ छ।

५० दिनको भिसाका लागि अध्यागमनमा जान नपर्ने गरी व्यवस्था मिलाइने मन्त्रालयको भनाइ छ। विद्यार्थीको हकमा पनि अध्यागमनमा जानु नपर्ने बताइएको छ।

न्याय मन्त्रालयका अनुसार इपिएस कामदारको हकमा ४ वर्ष १० महिनाको अवधि पूरा भएर स्वदेश फिर्ता हुने चरणमा रहेका विदेशीको पनि ५० दिन भिसा अवधि बढेको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने