काठमाडौं- सरकारले चितनवस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ जना सदस्य नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अस्पताल ऐन २०५३ को दफा ७ को उपदफा १ बमोजिम ६ जना सदस्य नियुक्त गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले सिफारिस गरेको आधारमा मन्त्रिपरिषदले सदस्य नियुक्त गरेको हो। नियुक्त हुनेमा भोजपुर ५ की डा सुनन्दा सुन्दास, धरान ९ की रक्षा श्रेष्ठ, जनकपुर ३ का विनय कुमार ठाकुर, इटहरी ८ का डा कैलास कुमार भण्डारी, चितवन कल्याणपुर ९ का रामप्रसान न्यौपाने र चितवन फुलबारी ३ की निशा अधिकारी रहेका छन्।