काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन जना डाक्टरलाई एघारौँ तहमा बढुवाका लागि सिफारिस गरेको छ। मन्त्रालयको बढुवा समितिले डा पिताम्बर सुवेदी, डा रामपुकार शाह र डा अभय पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो।
डा सुवेदीलाई प्रमुख कन्सल्ट्यान्ट पेडियाट्रिसियन, डा शाह र डा पोखरेललाई प्रमुख कन्सलटेन्ट एनेस्थेसियोलोजिस्ट पदमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिले जनाएको छ।
बढुवा समितिको गत १४ फागुनमा बसेको बैठकले उनीहरुलाई सिफारिस गर्ने निर्णय गरेको बढुवा समितिको सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ।
