काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १२औँ तहमा बढुवा भएका तीन जना प्रमुख विशेषज्ञको जिम्मेवारी बाँडफाँड गरेका छन्।
शुक्रबार मन्त्री ढकालले तिनै जनाको पदस्थापना तथा जिम्मेवारी बाँडफाँड गरेका हुन्।
गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले १२औँ तहमा डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्र प्रसाद श्रेष्ठलाई बढुवा गरेको थियो।
स्वास्थ्य मन्त्री ढकालले डा दिपेन्द्ररमण सिंहलाई नीति योजना तथा अनुगमन महाशाखा, गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी दिएका छन्। डा सिंहलाई स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन एकाईको पनि जिम्मेवारी दिइएको छ ।
प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई स्वास्थ्य समन्वय महाशाखा र जनसंख्या व्यवस्थापन तथा सूचना महाशाखा हेर्ने गरी जिम्मेवारी दिइएकाे छ।
मन्त्री ढकालले प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा पदस्थापन गर्दै पूर्ण जिम्मेवारी दिएका छन्। उनलाई गत ८ फागुनमा मन्त्रीस्तरीय निर्णय गर्दै विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको थियो।