काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको दोस्रो पटक प्रत्यारोपण हुने भएको छ। प्रत्यारोपण बुधबार त्रिवि शिक्षण अस्पतालमा गर्ने तयारी भएको छ।
प्रत्यारोपणका लागि सोमबार नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने बताइएको छ। प्रत्यारोपणका विषयमा प्रधानमन्त्री ओलीले बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकमा जानकारी गराएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
यसअघि १२ वर्ष पहिला भारतमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भएको थियो। प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि अहिले उनको डायलाइसिस हुँदै आइरहेको छ।