काठमाडौं- सरकारले कोरोना भाइरसको जोखिम रहेका राष्ट्रमा नेपालको आवातजावत रोक्ने तयारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको जोखिम बढेको भन्दै जोखिमयुक्त राष्ट्रको नेपालतर्फ हुने उडान रोक्ने तयारी गरेको बताए।
मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री ढकालले कोरोनाको जोखिम रोकथामका लागि जोखिममा रहेका राष्ट्रसँग आवातजावत रोक्न आवश्यक रहेको बताए।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बनेको उच्चस्तरीय समन्वय समितिले यस विषयमा छलफल गरिरहेको मन्त्रालयले जनाएको छ।