काठमाडौं – कोरोना आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत चार जनाको रिपोर्ट नेगेटिभ आएको छ।
चारै जनामा कोरोना संक्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भएको अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले जानकारी दिए।
दक्षिण कोरियाबाट फर्केका तीन जना र एक जना चिनियाँ नागरिकलाई कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएको थियो। उनीहरुलाई अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको छ।