काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नव नियुक्त सचिव यादवप्रसाद कोइरालले जिम्मेवारी सम्हालेका छन्। सचिव कोइरालले आज स्वास्थ्य मन्त्रालयमा हाजिर गरेका हुन्।
सचिव कोइराला निजामती सेवा तर्फका हुन्। स्वास्थ्य मन्त्रालयमा दुई जना सचिवको व्यवस्था छ। स्वास्थ्य सेवा तर्फको सचिव पद भने रिक्त छ।
निजामती तर्फका सचिव खगराज बराललाई सरकारले सरुवा गरेपछि कोइराला मन्त्रालयमा आएका हुन्। सचिव बराल मंगलबार बिदा भएका थिए।
कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वास्थ्यमा ल्याइएको हो।