काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला ज्ञवालीलाई शल्यकक्षबाट पोस्ट अपरेटिभ वार्ड (शल्यक्रियापछि राखिने वार्ड) मा सारिएको छ।
उनलाई ३ बजेर ५ मिनेट जाँदा पोस्ट अपरेटिभ वार्डमा सारिएको हो।
समीक्षाको शरीरबाट निकालिएको मिर्गौला प्रधानमन्त्री ओलीको शरीरमा सफल रुपमा प्रत्यारोपण भइसकेको छ।
प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न थालेको चिकित्सकहरुले बताएका छन्।