चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वका ८० देशमा फैलिएपछि यतिबेला नेपालमा पनि कोरोना संक्रमणको त्रास बढेको छ। संक्रमित देश र अन्य देशबाट नेपाल आउने व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शरीरको तापक्रम जाँच गर्ने व्यवस्था गरिएको छ। तर विमानस्थलमा स्वास्थ्य जाँच व्यवस्थित नभएको गुनासो सुनिएको छ। यात्रुको जाँच र शंका लागेका व्यक्तिको परीक्षण प्रणालीमाथि नै प्रश्न उठिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटासँग विमानस्थलमा गरिएको स्वास्थ्य डेक्सलगायत अन्य तयारीसम्बन्धी स्वास्थ्यखबरका विश्वास खनालले तयार पारेको भिडियो रिपोर्टः
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।