काठमाडौं- एक लाख रुपैयाँ घुस लिँदा लिँदै रंगेहात पक्राउ परेको डा तारानाथ पौडेल दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई दोषी ठहर गर्दै जरिवाना र कैद सजाय सुनाएको छ।
विशेष अदालतका न्यायाधीशद्धय बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको संयुक्त इजालासले बुधबार पौडेललाई दोषी ठहर गर्दै एक लाख रुपैयाँ जरिवाना र ४ महिना कैद फैसला सुनाएको छ।
डा पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्षको मंसिर १६ गते एक लाख घुस सहित पोखरा महानगरपालिका–१० बुद्धचोकबाट पक्राउ गरेको थियो।
११ औं तहका डा पौडेलले लोकसेवा आयोगमा जागिर लगाइदिन्छु भनेर घुस लिएको आरोपमा अख्तियारले विशेषमा मुद्दा दायार गरेको थियो।
डा पौडेलले अहेवको परीक्षामा उत्तीर्ण गराउने प्रलोभन देखाई रकम लिएका हुन्। उनी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुखका रुपमा कार्यरत थिए।