काठमाडौैं- नेपाल नर्सिङ काउन्सिलले अगामी वर्ष (२०७७) मा हुने नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाकाे कार्यतालिका जारी गरेको छ।
काउन्सिलले २०७७ मा तीन पटक परीक्षा सञ्चालन गर्नेछ। काउन्सिलको कार्यतालिका अनुसार ०७७ को पहिलो परीक्षा असार २० गते हुनेछ भने दोस्रो परीक्षा मंसिर १९ गते हुनेछ। वर्षको अन्तिम परीक्षा चैत ७ गते हुने काउन्सिलले जनाएको छ।
हालसम्म नर्सिङ काउन्सिलमा ९० हजार ९०९ नर्स दर्ता छन्। जसमध्ये ५६ हजार ४०५ नर्स, ३३ हजार ६६० अनमी र ८४४ विदेश छन्।
