काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको आज तेस्रो दिन हो। त्रिवि शिक्षण अस्पतालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षकृत क्रमिक सुधार आएको छ।
स्वास्थ्यमा आएको सुधारसँगै प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालिएको र ठोस आहार दिन सुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्रीका सबै भाइटल तथा ल्याब सूचकहरु समान्य अवस्थामा रहेका छन्।
प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य स्थितिमा पनि क्रमिश सुधार आएको छ। उनलाई पनि ठोस आहार दिन थालिएको डा खड्गाले जानकारी दिए।
प्रधानमन्त्रीको बुधबार मिर्गौला प्रत्यारोपण भएको हो।
