काठमाडौं— मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यामा सुधार आइरहेको छ। प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण भएको हो। प्रत्यारोपणमा चिकित्सकका तर्फबाट १६ जना सहभागि भएका थिए भने नर्सिङ तथा अन्य सहयोगी १२ जना थिए।
प्रधानमन्त्रीको उपचारमा सहभागि भएका चिकित्सकहरुको टोलीको नामावली यसअघि नै सार्वजनकि भइसकेको छ। तर नर्सिङ, एसिस्टेन्ट एनेस्थेसिया र सहयोगीहरुको नाम भने अझै सार्वजनिक भएको छैन।
स्वास्थ्यखबरले उनीहरुको नामका विषयमा खोजी गरेको थियो। सो क्रममा प्रधानमन्त्रीको प्रत्यारोपणमा नर्स, एसिस्टेन्ट एनेस्थेसिया र सहयोगी गरी १२ जना सहभागि भएको पाएको छ।
उनीहरुले शल्यक्रिया अवधिभर चिकित्सकलाई साथ दिएका थिए। दाता र ग्रहण गर्ने व्यक्तिका लागि दुई चिकित्सक टोली बनेको जस्तै नर्सको पनि दुई वटा टोली बनेको थियो।
नर्सको समग्र व्यवस्थापनको जिम्मेजारी सिनियर नर्सिङ सुपरभाइजर कोपिला पालिखे श्रेष्ठले पाएकी थिइन। उनीसँगै शल्यक्रियाका लागि औषधि उपकरणको जिम्मेवारी ओटी इन्चार्ज पुनम सिंहले पाएकी थिइन्।
त्यसबाहेक प्रधानमन्त्रीको शल्यक्रिया नर्सिङ टिममा रोजिना शर्मा, रविना महर्जन, विद्या श्रेष्ठको समुहको थियो। दाता समिक्षा संगौलाको नर्सिङ टीममा मन्जु गुरुङ, संगीता गौतम, सपना श्रेष्ठको टिम थियो।
त्यसबाहेक प्रधानमन्त्रीको शल्यक्रिया टिममा एसिस्टेन्ट एनेस्थेसिया पुजा देव र महेश यादवले दाताको शल्यक्रिया टिममा भूमिका निर्वाह गरेका थिए। त्यसबाहेक सुशीला कार्कीले प्रधानमन्त्री र दिपक बोहोराले दाताको टिममा सहयोगीको भुमिका निभाएका थिए।
नर्सिङ, एसिस्टेन्ट एनेस्थेसिया र सहयोगीहरु
सिनियर नर्सिङ सुपरभाइजर कोपिला पालिखे श्रेष्ठ (ओभरल गाइडेन्स् एण्ड सुपरभिजन)
ओटी इन्चार्ज पुनम सिंह (सप्लाई एण्ड इक्युपमेन्ट म्यानेजमेन्ट)
प्रधानमन्त्रीको प्रत्यारोपण तर्फको टिममा
सिनियर नर्स रोजिना शर्मा
सिनियर नर्स रविना महर्जन
सिनियर नर्स विद्या श्रेष्ठ दाता
असिस्टेन्ट एनेथेसिया पुजा देव
सहयोगी सुशीला कार्की
दाता समीक्षा तर्फको टिममा
सिनियर नर्स मन्जु गुरुङ
सिनियर नर्स संगीता गौतम
सिनियर नर्स सपना श्रेष्ठ
असिस्टेन्ट एनेथेसिया महेश यादव
सहयोगी दिपक बोहोरा