काठमाडौं- नेपाल नर्सिङ काउन्सिलको २४औं दर्ता परीक्षामा ८८ दशमलब ५ प्रतिशत विद्यार्थी पास भएका छन्।
परीक्षामा ५ हजार नर्स सहभागी थिए। भने ८ जना मिडवाइफ थिए। काउन्सिलका अनुसार मिडवाइफमध्ये ७ जना उतीर्ण भएका छन् भने ४ हजार ३ सय ९० नर्स पास भएका छन्। परीक्षामा ३९ नर्स अनुपस्थित थिए। ५ सय ७० विद्यार्थी फेल भएका छन्। एक जना नर्सको परीक्षा रोकिएको छ।
नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङ, सिद्धार्थ वनस्थली स्कुल, भानुभक्त मावि पानीपोखरी र शिवपुरी माविमा परीक्षा भएको थियो।