फाइल तस्बिर
काठमाडौं - प्रधान्मन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा राम्रो सुधार आएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
मिर्गौला प्रत्यारोपण गरिएको पाँचौ दिनको स्वास्थ्य बुलेटिन जारी गर्दै अस्पतालले प्रधानमन्त्री ओलीलाई सन्तुलित आहार दिइएको, नियमित हिँड्डुल गराइएको जानकारी दिएको हो।
बुलेटिन अनुसार प्रधानमन्त्रीको ‘भाइटल’ तथा ल्याव परीक्षणको सुचक सामान्य रहेको छ।
यस्तै प्रधानमन्त्रीका मिर्गौलादाता समीक्षा सङ्ग्रौलाको पनि स्वास्थ्य अवस्थामा राम्रो सुधार भइरहेको अस्पतालले जनाएको छ।
