काठमाडौं- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको स्नातकोत्तरको एमडि/एमएसको प्रवेश प्ररीक्षाको नतीजा प्रकाशित गरेको छ।
प्रतिष्ठानले आइतबार परीक्षा सञ्चालन गरेको थियो। यसअघि गत फागुन १० गते प्रश्नपत्र बाहिरिएर तनाव उत्पन्न भएपछि स्नातकोत्तर (पिजी) तहको एमडी र एमएसको परीक्षा रद्द भएकाे थियाे।
प्रतिष्ठानले शैक्षिक वर्ष २०७५/७६को स्नातकोत्तर कार्यक्रमका लागि प्रवेश परीक्षा लिएको थियो। सरकार तर्फबाट ८ जना र खुल्लातर्फ ९२ जना चिकित्सक प्रवेश परीक्षा उतीर्ण गरेका छन्।
परीक्षामा नेपाल सरकार तर्फबाट उर्तीण उम्मेदवारलाई चैत २ गते बिहान ११ बजे र खुल्ला तर्फका उम्मेदवारलाई दिउसो २ बजे काउन्सेलिङ्गका लागि प्रतिष्ठानमा सम्पर्क राख्न सुचित गरेको छ।
हेरौँ नजिता
(1).jpg)
.jpg)
.jpg)