काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भविष्यमा ठूलो संख्यामा कोरोना भाइरसको परीक्षण गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै निजी प्रयोगशालाको विवरण माग गरेको छ।
हालसम्म जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना भाइरसको नमुना परीक्षण हुँदै आइरहेको छ। जनस्वास्थ्य प्रयोगशालाले ‘ए’ र ‘बि’ समूहमा रहेका निजी प्रयोगशालासँग सार्स कोभ–२को रियल टाइम पिसिआरबाट मोलिक्युल परीक्षण गर्न सक्ने क्षमता भए बायोसेफ्टि क्याबिनेट लेबल २को क्षमता भएका प्रयोगशालाको विवरण माग गरेको हो।
जनस्वास्थ्य प्रयोगशालाले हालसम्म ४ सय ४१ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरेको छ। नमुना परीक्षण गरेका सबैमा नेगेटिभ रिपोर्ट आएको छ।
