काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन्। उनलाई बुधबार डिस्चार्ज गरएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन्।
डिस्चार्ज हुनुअघि उनले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन्। भेटमा ओलीले आफ्नो जीवनमा ठूलो गुन लगाएको भन्दै उनलाई धन्यवाद दिएका थिए।
एकसाता अघि प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री ओलीलाई पनि चाँडै डिस्चार्ज गरिने बताइएको छ। त्यसका लागि बालुवाटारमा तयारी गरिसकिएको छ।